Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चीनमा अमेरिकी कम्पनी एप्पलको बजार हिस्सा खुम्चिएको छ। सन् २०२४ को दोश्रो त्रैमासिकमा एप्पलको हिस्सा २ प्रतिशतले घटेको हो। हुवावे लगायतका घरेलु कम्पनीहरूसँगको तीव्र प्रतिस्पर्धाका कारण एप्पलको हिस्सा खस्किएको बजार अनुसन्धान कम्पनी क्यानालिसले जनाएको छ।

अप्रिल महिनामा हुवावेले फ्लागशीप स्मार्टफोन Pura 70 बजारमा ल्याएपछि हुवावेका स्मार्टफोनको बिक्री ४१ प्रतिशतले बढेको छ। सन् २०२३ को दोश्रो त्रैमासिकमा एप्पलको हिस्सा १६ प्रतिशत रहेकोमा अहिले १४ प्रतिशतमा झरेको छ, जसले एप्पललाई तेश्रोबाट छैटौँ स्थानमा पुर्याएको छ।

चिनियाँ बजारमा दोश्रो त्रैमासिकमा स्मार्टफोनको बिक्री १० प्रतिशतले बढेको छ। भिभो १९ प्रतिशत हिस्सा सहित पहिलो स्थानमा छ भने ओप्पोको १६ प्रतिशत, हनरको १५ प्रतिशत र हुवावेको १५ प्रतिशत हिस्सा रहेको छ।

स्वदेशी ब्राण्डहरूले बजार हिस्सा बढाइरहँदा एप्पलले चिनियाँ बजारमा दबाबको सामना गरिरहेको छ। विश्लेषकहरूले हुवावेका स्मार्टफोनको बिक्री उच्च रहने प्रक्षेपण गरेका छन्। सन् २०२४ मा हुवावेले ५ करोड थान स्मार्टफोन बिक्री गर्ने अनुमान गरिएको छ, जसमा Pura 70 सिरिजका १ करोड स्मार्टफोन हुनेछन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया