काठमाडौं– सभासद् बालकृष्ण ढुङ्गेलको सर्वश्वसहित आममाफी दिने सिफारिसको विरोध भएकाबेला माओवादी नेताकै हत्या आरोपी राज्यमन्त्री नियुक्त भएका छन् ।प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का नेता ओमप्रकास यादव गुल्जारीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका छन् । उनको शपथ पनि भइसकेको छ ।
२०६४ साल जेठ २८ गते रुपन्देही मर्चवारमा वाईसीएल केन्द्रीय सदस्य विनोद पन्त र मणि लामिछानेको हत्या गरेको अभियोग गुल्जारीमाथि छ । मधेस आन्दोलनसँगै जोडेर पूर्ववर्ति सरकारले गुल्जारीलाई आममाफी दिएको थियो ।
यादव संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।








