Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस् :

काठमाडौँ – मदन पुरस्कार- २०७९ को श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले आज पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो। गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार प्राप्त कुल ३१३ कृतिमध्ये पाँच उत्कृष्ट कृति छानिएको हो। यी पाँचमध्ये एकले सर्वश्रेष्ठ कृतिको रूपमा २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछ।

उत्कृष्ट पाँचमा छनोट हुन सफल कृतिमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर रहेको छ।

 

तपाईको प्रतिक्रिया