Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं – नेपाल र यूएईबीचको खेलमा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान दर्शकले भरिएको छ । नेपालले निर्णायक खेल खेलिरहँदा मैदान भित्र र बाहिर दर्शकहरू खचाखच छन् ।नेपालको राष्ट्रिय झण्डा बोकेकाहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन् । नेपाली क्रिकेटरको हौसला बढाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत कीर्तिपुर पुगेका छन् । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि ट्विट गर्दै नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।यसअघि नै एकदिवसीय मान्यता जोगाएको नेपालले आज यूएईलाई हराएमा एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । त्यसैले पनि यो खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो ।आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

तपाईको प्रतिक्रिया