Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

पेरिस – विश्वभरका नेपालीहरू माझ दसैंको रौंनक चलिरहेको बेला फ्रान्समा नेपाल प्रर्वद्धनात्मक कार्यक्रम आयोजना गरियो । त्यसो त त्यहाँका विभिन्न सहरमा यस्ता कार्यक्रम निरन्तर हुँदै आइरहेका छन् । यसपटक भने राजधानी पेरिसबाट करिब ३ सय २० किलोमिटर उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर थियोनभिलमा नेपाल प्रर्वद्धन गरिएको हो । पेरिसस्थित नेपाली दूतावासद्वारा गत शुक्रबार आयोजित कार्यक्रममा थियोनभिलका मेयर बरटान्ड मर्ज, उप-प्रशासक फ्रान्कोइस मर्जोरारिटी, सरकारी अधिकारी लगायत त्यहाँस्थित व्यापारिक समुदायको उपस्थिती थियो । कार्यक्रममा सहभागीहरूलाई श्रव्यदृष्यसहितका माध्यमबाट नेपालका पर्यटकीय थलोहरू बारे जानकारी गराइए ।

फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठले सहभागीहरूमाझ दुई मुलुक बीच रहिआएको सुमधुर सम्बन्धका बारे चर्चा गर्दै यसलाई थप उचाईमा पुर्‍याउन सबैका सहयोगका लागि अनुरोध गरेका थिए । नेपालले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको जनाउँ दिदै राजदूत श्रेष्ठले एकपटक भगवान गौतम बुद्धको जन्मथलो पुग्न समेत आग्रह गरे । मेयर मर्जले नेपालको प्राकृतिक सुन्दरता र रोचक पक्षहरूबारे सुनेको जनाउँदै नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा स्थानीय व्यवसायीले राजदूत श्रेष्ठलाई उपहार स्वरुप अंगुरका बिरुवा प्रदान गरेका थिए । फ्रान्स वाइन उत्पादनका लागि विश्वमै प्रख्यात छ ।

नेपालको प्राकृतिक सौन्दर्य र हिमालप्रति फ्रान्सेलीहरुको विशेष लगाव रहेको दूतावासले जनायो । फ्रान्सेली प्रख्यात पर्वतारोही मौरिस हरजोगले अन्नपूर्ण हिमालको सफल आरोहण पश्चात पुस्तक प्रकाशन गरी युरोप तथा अमेरिकामा नेपाल चिनाउन ठूलो सघाउ पुर्‍याएका थिए । मौरिस ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने संसारकै पहिलो हुन् । नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया