Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – उत्तर कोरियाले आइतवार पूर्वी सागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान वाहक सिउल आएको केही दिनपछि उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

‘उत्तर कोरियाले अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ’, सियोलका संयुक्त चिफ अफ स्टाफले आइतबार बिहान भने । उत्तरले सम्भावित ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको टोकियोको रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै जापानको तटरक्षकले जनाएको छ । जहाजहरूलाई सचेत हुन चेतावनी दिइएको छ ।

उत्तरले प्रक्षेपण गरेको भनिएको वस्तु जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ । मे महिनामा पदभार ग्रहण गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले उत्तर कोरियासँगको असफल कूटनीतिपछि संयुक्त राज्य अमेरिकासँग संयुक्त सैन्य अभ्यासलाई बढाउने वाचा गरेका छन् ।

तपाईको प्रतिक्रिया