Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक निकटवर्ती सहयोगीकी छोरी मस्कोनजिकै मारिएको विवरणहरू आएका छन् । रुसी सञ्चारमाध्यमहरूका अनुसार मस्कोनजिकै भएको कार विस्फोटनमा डार्‍या डुगिनाको मृत्यु भएको हो ।

उनको मृत्युबारे रुसी अधिकारीहरूले केही बताएका छैनन् । तर सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा सहरको बाहिरी भागको सडकमा कारको जलिरहेको भग्नावशेष देख्न सकिन्छ । राष्ट्रपति पुटिनको बुद्धिका रूपमा चिनिने डुगिनाका पिता एलेक्सेन्डर डुगिन उक्त आक्रमणको मुख्य निसाना भएको हुनसक्ने ठानिएको छ ।

कसरी भयो विस्फोटन
विवरणहरूका अनुसार डुगिना र उनका पिता एउटै कारमा चढेर एउटा कार्यक्रमबाट फर्किने तय भएको थियो । तर अन्तिम समयमा उनका पिता छुट्टै यात्रा सवारीसाधन चढेका थिए । एलेक्सेन्डर डुगिन उग्रराष्ट्रवादी विचारक तथा रणनीतिकार हुन् ।

उनी कुनै सरकारी पदमा छैनन्। यद्यपि राष्ट्रपति पुटिनलाई उनले ठूलो प्रभावित पार्ने गरेको बताइन्छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार डार्‍या डुगिना घर फर्किँदै गर्दा उनको कार विस्फोट भएर आगो लागेको थियो । -बीबीसी

तपाईको प्रतिक्रिया