Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

हत्या, हिंसा, आतंक, उत्पात, विद्रोह, कोलाहल, खल्लीबल्ली जस्ता गतिविधिबाट सँधै टाढा रहन रुचाउने जापान र जापानी जनताले गएको हप्ता अत्यन्तै अपत्यारिलो र हृदयविदारक घटना ब्यहोर्नुपर्‍यो । मानव इतिहासकै सबैभन्दा भयानक युद्धका बेला हिरोसिमा र नागासाकीले ब्यहोरेको बिभत्स पश्चात युद्ध र आतंकबाट जापान निकै टाढा थियो । गत शुक्रबार जापानका निकै लोकप्रिय मानिएका नेता तथा पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई सार्बजनिक कार्यक्रममै गोलीको शिकार हुनुपर्‍यो । जापानको इतिहासमा सबैभन्दा कम उमेर ५१ वर्षमा प्रधानमन्त्री भएका र दोस्रो विश्वयुद्धपछि सबैभन्दा लामो समय ९ वर्ष प्रधानमन्त्री भएर सफल इतिहास रचेका ६७ वर्षिय पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि सांघातिक आक्रमण गरी हत्या भयो । समस्त विश्वलाई नै त्रसित बनाउने यस किसिमको बर्बरतापूर्ण अपराधकर्ममा संलग्न जो कोहीलाई यथाशिघ्र कडा भन्दा कडा कार्वाही हुने अपेक्षा गरिएको छ ।
शान्तिकामी जापानी जनतामाझ आबे जति लोकप्रिय थिए, विदेशीहरुका बीच पनि उनी उत्तिकै लोकप्रिय मानिन्थे । जस्तोसुकै विपत्तिका बेलामा पनि जनताको बीचमा पुगेर भावनात्मक ऐक्यबद्धता प्रकट गर्नुका साथै सक्दो सहयोग गर्ने उनको स्वभावले सबैको मन जितेको थियो । जापानको अर्थतन्त्रलाई चलायमान बनाउने र देशको अर्थप्रणालीमा मौलिकता भर्ने उद्देश्यले उनले प्रवर्द्धन गरेको आबेनोमिक्सका कारण धर्मराएको आर्थिक स्थितिमा सुधार ल्याउने होस् या कोभिड नियन्त्रणमा देखाएको उच्च सतर्कता वा राहत वितरणमा होस्, जापानी युवा पुस्तालाई राजनीतिमा आकर्षित गर्न होस् या अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सन्तुलित र मजबुत बनाउन होस् उनले निर्वाह गरेको भूमिका र योगदानका बारेमा जापानको इतिहासमा सुन्दर अक्षरले अवश्य लेखिने छ । स्वास्थ्यका कारण राजीनामा दिएको केही समय बाहेक सत्तामा रहँदा होस् या नरहँदा आबे सँधै देश र जनताको केन्द्रमै रहेर आफ्नो उपस्थिति जनाईरहे । कुनै पनि सन्दर्भ होस् या परिवेशमा स्वदेशी होस् वा विदेशी सबैका लागि उनको सँधै समान मानवीय ब्यवहारका कारण उनी विदेशी माझ पनि उत्तिकै लोकप्रिय थिए ।

समकालिन विश्वमा उनको लोकप्रियता जबरजस्त रूपमा चुलिएको थियो । राजतन्त्रात्मक मुलुक जापानको राजनीतिक परिवारका सदस्य आबेले अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय छविलाई उच्च बनाएकोले जनताको राजकुमारको संज्ञा समेत पाएका थिए । कुनैबेला निकै खस्कदो स्थितिमा पुगेको उनको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को साख आबेले नै माथि उकासेका थिए । फलस्वरूप पार्टीले विधान नै संशोधन गरेर उनलाई फेरि प्रधानमन्त्री बन्ने बाटो खुल्ला गरिदिएको थियो । आबेको दुखद निधनबाट जापानले मात्रै नभएर सिंगो विश्वले अझ भन्ने हो भने एशियाले यो शताब्दिकै एउटा डायानामिक लिडर गुमाएको छ । उनी जत्तिको टावरफिगर भएको स्तरको नेता जन्माउन कुनै पनि देशले धेरै वर्ष लगानी गर्नुपर्ने हुन्छ । जापानका पूर्व प्रधान्मन्त्री सिन्जो आबे एक युगमा विरलै जन्मने नेता मध्यका एक मान्न सकिन्छ ।

सुरक्षाका दृष्टिले विश्वमै उदाहरण मानिने देश जापानमा त्यति ठूला नेता दिनदाहाडै किन यसरी निसानामा परे, यहाँको सुरक्षा संयन्त्र के हेरेर बसेको थियो भन्ने अबको गम्भीर समीक्षाको बिषय बनेको छ । यस घटनाबाट जापानको समग्र सुरक्षा प्रणालीमाथि प्रश्न चीन्ह खडा भएको छ । सार्बजनिक समारोहमै समेत अति विशिष्ट ब्यक्तित्वहरुकै सुरक्षा नहुनु, सामान्य भन्दा सामान्य होशियारी पनि नअपनाईनु, सर्बसाधारणको एकल प्रयासबाट पनि राष्ट्रिय सुरक्षामाथि चुनौती दिन सफल हुनु जस्ता बिषयले साँच्चिकै यतिबेला जापानलाई अति लज्जित तुल्याएको छ । यसबाट पाठ सिक्दै कानूनी क्षिद्रहरु केही भए त्यसमा पनि सुधार गर्दै सुरक्षा संयन्त्रलाई थप मजबुत बनाउन जापान सरकारको अवश्य ध्यानाकर्षित हुने नै छ । हामीलाई लागेको के मात्रै हो भने जिम्मेवार अधिकारीहरुले अलिकति मात्र होशियारी अपनाईदिएको भए विश्वलाई नै हल्लाउने यो हदको अप्रिय घटना आज जापानले भोग्नुपर्ने थिएन । युगौ युगले सम्झिईरहने हामी सबैका प्रिय नेता आबे सान् प्रति हार्दिक श्रद्धासुमन !

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया