Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – अमेरिकी प्रतिबन्धका कारण ह्वावेले फाइभजी स्मार्टफाेन उत्पादन गर्न सकेको छैन । ह्वावेलाई आफ्ना कुनै पनि कम्पनीले सामान बिक्री गर्न नपाउने गरी अमेरिकी सरकारले रोक लगाएको छ । जसका कारण ह्वावेले फाइभजी सपोर्ट गर्ने चिप प्रयोग गर्न पाएको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कम्पनीले हालसम्म क्वालकमसँगको पुरानो सम्झौताका आधारमा फोरजीका लागि आवश्यक चिपसेट खरिद गरिरहेको छ । त्यसैका आधारमा फोरजी स्मार्टफोन बजारमा उपलब्ध गराउँदै आएको छ ।

यस्तोमा फाइभजी विस्तारमा सबैभन्दा अघि रहेको चीनमै ह्वावेलाई अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न कठिन हुँदै गएको छ । फाइभजीको बढ्दो प्रयोग र नयाँ प्रविधिका मागलाई ध्यानमा राख्दै कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि वैकल्पिक उपाय भने उपलब्ध गराएको छ ।

कम्पनीले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै मोबाइल कभर सार्वजनिक गरेको छ । फाइभजी मोडेमउक्त मोबाइल कभरको सहयोगमा प्रयोगकर्ताले सहजै आफ्नो मोबाइलमा फाइभजीको मज्जा लिन सक्नेछन् । हालसम्म यो सुविधा ह्वावे पी५० प्रोमा मात्रै उपलब्ध छ । विस्तारै ह्वावे मेट ५०, मेट ४०, नोभा ९ र नोभा १० सिरिजका फाेनमा समेत उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार फाइभजी मोडेमयुक्त मोबाइल कभर हाल चिनियाँ बजारमा उपलब्ध भइसकेको छ । साथै कम्पनीले फाइभजी विस्तार भएका अन्य मुलुकमा समेत उपलब्ध गराउने जनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य १२० डलर (करिब १५ हजार रुपैयाँ) तोकिएको छ ।

तपाईको प्रतिक्रिया