Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – संसारकै धनी इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर पूरै खरिद गर्ने प्रस्ताव गरेका छन्।

मस्कले ४१ अर्ब अमेरिकी डलर ट्विटर खरिदमा खर्चिन तयार भएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरको ९ प्रतिशतभन्दा धेरै सेयर खरिद गरेर भर्खरै ठूलो लगानीकर्ता बनेका मस्कले यसअघि ट्विटरको बोर्डमा बस्न अस्वीकार गरेका थिए।

मस्कले सोलगत्तै पूरै खरिदको प्रस्ताव गरेको रोयटर्सले जनाएको छ। यसअनुसार उनले ट्विटरको प्रतिकित्ता सेयर ५४.२० अमेरिकी डलर प्रस्ताव गरेका छन्।

बिहीबार नियामकीय निकायमा पेस गरेको कागजातले मस्कको खरिद प्रस्तावबारे खुलासा भएको हो।

मस्कको प्रस्तावपछि ट्विटरको सेयर १२ प्रतिशतले बढेको बताइएको छ।

उनले ट्विटर एक निजी कम्पनीमा रुपान्तरित हुनुपर्ने जनाउँदै ट्विटरका प्रमुख ब्रेट टेलरलाई पत्र समेत लेखेका छन्।

‘मेरो अफर उपयुक्त र अन्तिम छ र यदि अस्वीकृत भयो भने मैले सेयरसदस्यको पदबारे पनि विचार गर्नुपर्ने हुनसक्छ’, मस्कले भनेका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया