Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौं – दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले रुसमा आफ्ना फोन र चिप बेच्न बन्द गर्ने घोषणा गरेको छ । ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यान दिँदै रुसमा आफ्ना उत्पादन बेच्न बन्द गरिएको सामसुङले जनाएको छ ।

यसबाहेक कम्पनीले युक्रेनमा जारी मानवीय संकटमा सहयोग गर्न ६० लाख अमेरिकी डलरको समेत घोषणा गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि केही दिनअघिमात्रै आईफोन निर्माता कम्पनी एप्पले रुसमा आफ्नो सामान नबेच्ने घोषणा गरेको थियो भने शुक्रबारमात्रै अर्को अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले पनि रुसमा आफ्नो सामानको बिक्री बन्द गरेको थियो ।

तपाईको प्रतिक्रिया