Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – १८ वर्षे इतिहास बोकेको अग्रणी सामाजिक सञ्जाल फेसबुकले पहिलो पटक सक्रिय प्रयोगकर्ता गुमाएको छ।

फेसबुकको माउ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख रहेको थियो।
त्यसअघिको त्रैमासिकमा त्यस्ता प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ९३ करोड थियो। मेटाले टिकटक र यूट्युबजस्ता प्रतिद्वन्द्वीले विज्ञापन लग्दा आफ्नो आम्दानी कम हुन सक्ने चेतावनी पनि दिएको छ । उक्त विवरण आएको केही घण्टापछि न्यूयोर्कमा मेटाको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको थियो। उक्त गिरावटले कम्पनीको मूल्यमा करीब २०० अर्ब डलर ह्रास आएको छ। ट्विटर, स्न्यापच्याट र पिनट्रिस्टको मूल्य पनि खस्किएको छ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले कम्पनीको विस्तारमा बाधा पुग्नुको कारण प्रतिस्पर्धी माध्यमहरूमा युवाहरूको आकर्षण बढ्नु भएको बताए। गुगलपछि विश्वको दोस्रो ठूलो डिजिटल विज्ञापन प्ल्याटफर्मको रुममा मेटा रहेको छ। मेटाको कूल आम्दानीको अधिकांश हिस्सा विज्ञापनबाट आउँछ र त्यो उक्त अवधिमा बजारको अनुमानभन्दा विपरीत ३३ अर्ब ६७ करोड डलर पुगेको थियो। (एजेन्सीको सहयोगमा) ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया