Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले शताब्दी पुरुष सत्यमोहन जोशी ‘मानार्थ सदस्यता’ प्रदान गरेको छ । शनिबार जोशी निवास ललितपुरमै गरिएको एक विशेष कार्यक्रमकाबीच समाजले ताम्रपत्रसहित सम्मान गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अनेसासको तीस वर्षको इतिहासमा ‘मानार्थ सदस्यता’को सम्मान पाउने शताब्दी पुरुष सत्यमोहन जोशी पहिलो व्यक्ति हुन् । अहिले अनेसासको विधानमै मानार्थ सदस्यताको प्रावधान राखिएको छ । केन्द्रीय कार्यसमितिका अध्यक्ष प्रकाश पौडेल ‘माइला’को अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको थियो ।

अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्रीले जोशीलाई मानार्थ सदस्यता प्रसाद गरेका हुन् । स्मरण रहोस्, सत्यमोहन जोशीकै नाममा अनेसासले एक लाख राशिको संस्कृति पुरस्कार यसअघि नै स्थापना गरिसकेको छ । यसको प्रायोजकमा केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ रहेका छन् ।

कार्यक्रममार्फत ‘मखमली कमल महिला गीत-सङ्गीत पुरस्कार २०७८’ र ‘नवरत्न पुरस्कार २०७८’ पनि समर्पण गरिएको थियो । कार्यक्रममा बिओटी अध्यक्ष गीता खत्री, सल्लाहकार प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, समाजसेवी मखमली खड्का, कमल खड्का, विमला राई, अनेसास सचिव विमला निरौला, पुरस्कार समिति सदस्य दीपा राई पुन, केन्द्रीय सदस्य माया गुरुङ, नवरत्न पुरस्कार छनौट समितिका संयोजक लीला लुइँटेललगायत नेपाल च्याप्टरका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो ।

केन्द्रीय सदस्य डा. रेणुका सोलुको सञ्चालन रहेको उक्त कार्यक्रममा नेपाल च्याप्टर सदस्य मधु पाठकले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया