Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – “तोयोहाशी ओनी महोत्सव” प्रत्येक वर्ष फेब्रुअरी १० देखि ११ सम्म दुई दिन जापानको आइची प्रान्तको तोयोहाशी शहर स्थित आकुमी खाम्बे शिनमेई मन्दिरमा पृथक शैलीमा मनाईन्छ । यो जापानको १००० वर्षको ईतिहास बोकेको एउटा अनौंठो परम्परा हो ।

यस उत्सवले वसन्तको आगमनको घोषणा गर्दछ । कोरोनाको प्रभावका कारण यो वर्ष सामान्य पूजा गर्नेहरू र दर्शकहरूलाई सीमा क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको थियो भने पहिलो पटक दर्शकहरू बिना कार्यक्रम आयोजित गरिएको थियो ।

उत्सवमा परम्परागत लोक नृत्य र स्टन्टहरु देखाइन्छ ।

चाडको मुख्य आकर्षण भनेको उत्सवको दोश्रो दिन हुने “आका-ओनी (रातो राक्षस)” र मार्शल आर्टमा दक्ष लामो नाक भएको “तेन्गु (जापानी लोक धर्ममा पाइने एक प्रकारको पौराणिक प्राणी)” बीचको हास्यपूर्ण लडाई हो ।

सो लडाईमा रातो राक्षस पराजित भई “तान्किरी आमे” क्यान्डी र सेतो पाउडर छरपष्ट छर्दै मन्दिरबाट भागेर शहर जाने गर्दछ ।

जापानी पौराणिक कथा अनुसार महोत्सवमा यसरी राक्षसद्वारा छर्केको क्यान्डी खाएमा वा पाउडर पाएमा गर्मी मौसमभर स्वस्थ हुने मान्यता रहेको छ । यस वर्ष भने सेतो पाउडर छर्किएको थिएन।

यो उत्सवलाई देशको महत्त्वपूर्ण अमूर्त लोक सांस्कृतिक सम्पत्तीको रूपमा तोकिएको छ ।

यस वर्ष मनाइएको ओनी मात्सुरीको केहि झलक –

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया