Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं –  यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लुकले पाउने भएकी छन्।

बिहीबार स्विडिस एकेडेमीले अमेरिकी कवि लुइसलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो। सन् १९४३ मा न्यूयोर्कमा जन्मिएकी लुइसले यसअघि पुलित्जरसहित अन्य पुरस्कार पनि पाइसकेकी छन्।

स्वतन्त्र लेखन बाहेक उनी येल, न्यू हेभन र कनेक्टिकट विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापक रहिसकेकी छन्।

सन् १९६८ मा प्रकाशित पहिलो कविता संग्रह ‘फस्र्टबोर्न’ बाटै लुइस चर्चित भएकी थिइन्। लुइसका कविताका १२ वटा संंग्रह प्रकाशित छन्। उनले निबन्ध विधामा पनि कलम चलाउँछिन्।

यस पटक नोबेल साहित्य पुरस्कारका लागि केन्याकी न्गुगी वा थिंगो, क्यानडाका कवि ए कार्सन र जापानका उपन्यासकार हारुकी मुराकामीको नाम पनि चर्चामा थियो।

अहिलेसम्म कुल १५ महिलाले साहित्यतर्फको नोबेल पुरस्कार पाएका छन्।

तपाईको प्रतिक्रिया