Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

अमेरिका – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ । आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो ।

समितिको सदस्यहरूमा रजनी श्रेष्ठ (डिसी, अमेरिका), लतिका जोशी (सिल्गुडी भारत),सीता बराल (पोर्चुगल), आचार्य प्रभा  (कोलोराडो, अमेरिका), गीता रेग्मी (नेपाल), माया केसी (कतार), बिष्णा बिरही (सिकागो, अमेरिका), कमला न्यौपाने (कान्सास,अमेरिका), अमेरिका,गीता बजगाईँ (क्यालिफोर्निया, अमेरिका), रिजा प्रधान (पर्थ, अस्ट्रेलिया ), मन्जु भन्डारी (बेलायत), शारदा पौडेल ‘निशा’ ( स्पेन), निर्मला राई (टेक्सास, अमेरिका), सविना रेग्मी (जापान), जानुका ढुंगेल (फ्लोरिडा,अमेरिका) रहेका छन् ।

यसैगरि समितिमा शान्ता अधिकारी घिमिरे  (न्यूयोर्क, अमेरिका)लाई नवरत्न पुरस्कार संयोजकमा मनोनयन गरेको छ ।समाजले समितिको स‍ंयोजकमा उर्मिला निर्दोषीलाई यसअघि नै मनोनयन गरिसकेको छ । दुईबर्षे कार्यकाल रहने समितिले महिला सम्मेलन, नवरत्न पुरस्कार समर्पण, महिला सर्जकको कृति प्रकाशन र गोष्ठीहरू गर्ने छ ।

तपाईको प्रतिक्रिया