Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – मान्छेहरुले सभ्यताका क्रमसँगै आफ्ना रहनसहन अनि सरसफाईका मापदण्ड दुरुस्त राख्न धेरै परिवर्तन र विकास गरेका छन् । ढुङ्गे युगबाट आजसम्म आईपुग्दा हाम्रो दिनचर्यासंग विभिन्न आनिवानी, चालचलन र अभ्यासहरु थपिंदै आएक छन् । शौचालय पनि तिनैमध्येको एक हो ।

यस्तै परिवर्तन र विकासको क्रममै टोकियोको चहलपहल वडा शिबुयामा हालसालै असामान्य नयाँ आकर्षण जोडिएको छ: पारदर्शी सार्वजनिक शौचालय।

शिगेरू बान आर्किटेक्ट्स द्वारा डिजाइन गरिएको दुई नयाँ सेट पारदर्शी शौचालयहरू शिबुयाको योयोगी फुकामाची मिनी पार्क र हारूनो ओगावा सामुदायिक पार्क स्थापना गरिएको छ ।

यस शौचालयमा काँचको पर्खालहरु छन् र बाहिरबाट भित्रको दृश्य देखिन्छ । यो शौचालय भित्र जडान गरिएको सबै वस्तु स्पस्ट देखिन्छ । तर एक पटक प्रयोगकर्ताले शौचालयमा प्रवेश गरेर ढोका लक गरेमा पर्खालहरू अपारदर्शी हुन्छन्।

शौचालय हरेक मानवलाई अपरिहार्य कुरा हो तथापि संसारभरि लगभग सबै सार्वजनिक शौचालयमा सरसफाईको कमि, दुर्गन्ध हुने जस्ता समस्या रहेको तथ्याङ्क छ ।

नव निर्मित उक्त्त पारदर्शी सार्वजनिक शौचालयमा सरसफाई बाहिरबाटै अवलोकन गर्न सकिने र साथै शौचालय अरुले प्रायोग गरिरहको या खाली रहेको जानकारी पनि हेर्दा बित्तिकै थाहा हुनेछ ।

जापानमा शौचालयलाई शान र कलाको प्रतीकका रुपमा लिइन्छ । विशेष गरी महिलाहरुले नुहाउँने, ओफुरो बस्ने, मेक अप गर्ने, दाँत माझ्ने लगायतका कामहरु समेत शौचालयभित्रै गर्ने भएकोले सुरक्षित र व्यवस्थित शौचालय हुनुपर्ने उनीहरुको मान्यता रहँदै आएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया