Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
-दिल शिरीष
बाग्लुङ, ५ भदौ । बाग्लुङका ‘असन्तुष्ट प्रेम जोडी’ को गन्तव्य पोखरा बन्न थालेको छ । जिल्लामा प्रहरीले अवैध यौन गतिविधि बढेको भन्दै निगरानी र कडाइ गरेपछि उनीहरू पोखरा जान थालेका हुन् ।
सदरमुकाम बाग्लुङ बजार र आसपासका होटल तथा एकान्त स्थानबाट दैनिकजसो युवायुवती पक्राउ गरेर सार्वजनिक मुद्दा चलाउन थालेपछि उनीहरूले पोखरालाई आफ्नो सुरक्षित डेटिङस्थलका रूपमा लिन थालेका छन् । पोखरा जानेमा विवाहितको संख्यासमेत उल्लेख्य छ । अभिभावकको दबाब वा प्रेममा परेर कलिलै उमेरमा विवाह, आर्थिक अभाव, विवाहलगत्तै पति/पत्नी भौगोलिक रूपमा टाढा हुने, यौन असन्तुष्टिलगायत कारणले असन्तुष्ट बनेका जोडी यस्ता गतिविधिमा संलग्न भएको प्रहरीको भनाइ छ ।
केटा र केटी देख्नासाथ प्रहरीले पक्राउ गरेर मुद्दासमेत चलाउन थालेपछि असुरक्षित महसुस गरेका अधिकांश युवायुवती पोखरा जाने गरेको स्थानीय प्रकाश आचार्यले बताए । पोखरा जानेमा प्रतिष्ठितदेखि सामान्य युवायुवती पनि छन् । उनीहरूमध्ये अधिकांशले मोटरसाइकल र निजी गाडी प्रयोग गरेका छन् भने केही ट्याक्सी र जिपमा समेत जाने गरेका छन् ।
‘विपरीतलिंगीप्रतिको आकर्षण र यौनचाहना जबर्जस्ती रोकिँदैन भन्ने प्रहरीले बुझ्नुपर्छ,’ होटल व्यवसायी संघ बाग्लुङका अध्यक्ष अर्जुन चोखालले भने, ‘अनावश्यक कडाइमा प्रहरीले पुनर्विचार गर्नुपर्छ । सार्वजनिक स्थान र होटलमा हुने छाडा र यौन विकृति रोक्न हाम्रो पनि सहयोग रहन्छ । तर मध्यरातमा सुतिरहेको अवस्थामा आएर चेकजाँच भन्दै ढोका हानेर पाहुनालाई आतंकित बनाउने काम प्रहरीले रोक्नुपर्छ ।’ प्रहरीको अनावश्यक कडाइले होटल व्यवसायमा नकारात्मक असर परेको व्यवसायीको भनाइ छ । उनीहरूका अनुसार प्रहरीको कडाइले पहिले साँझ बाग्लुङ आएर बस्ने पाहुनासमेत अहिले पर्वतको कुस्मा र म्याग्दीको बेनीमा जान थालेका छन् । राजधानी, बुटवल, भैरहवा, चितवन जाने आन्तरिक तथा बाह्य पर्यटक पोखरा गएर बास बस्न थालेका छन् ।
‘अवैध यौन सम्बन्धमा दुईथरी देखिएका छन्,’ बाग्लुङका डिएसपी कृष्णप्रसाद सिवाकाटीले भने, ‘पत्नी विवाह गर्नासाथ टाढा गएकाले जैविक आवश्यकता पूर्ति गर्ने एकथरी छन्, खर्च चलाउने गरी यौनलाई बाध्यात्मक उपायका रूपमा प्रयोग गर्ने अर्काथरी छन् ।’ जिल्लालाई व्यवस्थित र मर्यादित बनाउन कडाइ गरेको उनले बताए । ‘अरू जिल्लामा कहाँ को जान्छन् भन्ने हाम्रो सरोकार हुँदैन,’ सिवाकोटीले थपे, ‘सबै जिल्लामा प्रहरी प्रशासन रहेकाले त्यहीँको अफिसर र प्रशासनमा खुला या कडाइ के गर्ने भन्ने निर्भर रहन्छ ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया