Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – भनिन्छ उमेर एउटा नम्बर मात्रै हो । यदि तपाईलाई कुनै पनि कुरा हासिल गर्ने चाहना छ भने त्यो कुनै पनि उमेर हासिल गरेरै छोड्नुहुनेछ । यस्तै एउटा घटना जापानमा भएको छ । जापानमा ९० वर्षकी एक वृद्धाले एक युट्युब गेम खेलेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी छन् ।

उनको नाम हमाको मोरी रहेको छ र उनी जापानकी हुन् । हालै मात्र उनलाई गिनिज वर्ल्ड रेकर्डस्द्वारा संसारकै सबैभन्दा पुरानो गेमिंग युट्युबरको उपाधि दिइएको छ । उनलाई मानिसहरु मायाँ गरेर गेमिंग ग्रान्डमदरको रुपमा बोलाउने गर्दछन् । इन्टरनेटमा उनको यहि नाम फेमस छ । उनले मिडियासँग कुरा गर्दै गेम खेल्न धेरै मन पर्ने बताएकी छन् । उनले ३९ वर्षको समय देखि गेम खेल्न शुरु गरेको बताइन् ।

उनले सन् २०१५ मा आफ्नै एक युट्युब च्यानल बनाएकी थिइन् । उनी आफ्नो च्यानलमा महिनामा ४ देखि ५ वटा भिडियो अपलोड गर्दछिन् । भिडियोमा उनी कल अफ ड्युटी, डुनलेस र एनआईईआर अटोमेटा सहित केहि अनलाईन गेम खेल्छिन् ।

उनी सबैभन्दा धेरै जीटीए भी खेल्न मन पराउँछिन् । उनी उक्त गेम केहि दिनसम्मै खेल्न सक्छिन् । उनको च्यानलमा २ लाख ७० हजार सब्सक्राइबर्स रहेका छन् ।

एक युटुब भिडियोमार्फत उनले सबैमा धन्यवाद ज्ञापन समेत गरेकी छन् । हेर्नुहोस् भिडियोः

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया