Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – हरेक मानिसको फरक–फरक शरीरिक बनावट र संकेतले व्यक्तिको भाग्य निर्धारण गर्ने समुद्रशास्त्रले बताउँछ । शास्त्रका अनुसार शरीरमा भएका यस्ता संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन् ।

१. दाँतमाथि दाँत खप्टिनु

समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ उनीहरु भाग्यमानी हुन्छन् । यसका साथै यस्ता व्यक्ति असल र मित्रहरुलाई सधैँ साथ दिने खालका हुन्छन् । यस्ता व्यक्तिहरु आफ्नो भाग्यको साथले नै अघि बढेका हुन्छन् ।

 

२. ६ वटा औँला

सामान्यतः हरेक मान्छेको हात र खुट्टामा पाँच–पाँच वटा औँला हुन्छन् । तर संसारमा यस्ता मान्छे पनि हुन्छन् जसको कुनै हात वा खुट्टामा ६ वटा औँला हुन्छ । ६ वटा औँला भएका मानिस अत्यन्तै भाग्यमानी हुन्छन् भन्ने कुरा समुन्द्रशास्त्रमा उल्लेख गरिएको छ । यस्ता व्यक्ति अत्यन्तै इमान्दार र हरेक कामलाई आफ्नो कामको रुपमा ग्रहण गर्छन् । यस्तै यिनीहरुले आफ्नो कामबाट प्रसिद्धि पनि कमाउँछन् ।

 

३. पुरुषको छातीमा रौँ

यस्ता पुरुषहरु शान्त र सरल स्वभावका हुन्छन् । छातीमा रौँ भएका पुरुष धनाढ्य पनि हुन्छन् । जसले गर्दा यिनीहरुको जीवनमा कहिल्यै धनको कमी हुँदैन ।

 

४. दाँतको बीच खाली ठाउँ

दाँतको बीचमा खाली ठाउँ भएका व्यक्तिहरु आर्थिक क्षेत्रका विषयमा निर्णय लिन निक्कै सक्षम हुन्छन् । समुद्रशास्त्रअनुसार यस्ता व्यक्तिहरु गफाडी पनि हुन्छन् । र कुरा बनाउन कहिल्यै पनि थाक्दैनन् ।

यस्ता व्यक्तिहरु भाग्यशाली हुन्छन् । भनिन्छ कि जसको अगाडिको दाँत बीचमा खाली ठाउँ हुन्छ, त्यस्ता व्यक्तिहरु पैसादेखि लिएर करिअरसम्मको कुरामा निकै नै भाग्यशाली हुन्छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया