Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

विश्वब्यापी आतंक बनेको छ आज
कोरोनाको बारेमा जान्नैपर्ने राज
चिया खानु तुल्सी, मरिच हाली बिहान साँझ
भिडभाडमा नजाऔं साथी छोड्देऊ विदेश पनि यो माझ
माछा, मासु धेरै नखाऔं, नखाऔं धेरै चिसो पनि नानु
तातोपानी धेरै पिउनु निचोरी कागती सानु
ज्वरो आयो, रूघा लाग्यो, दुख्यो भने ललाट
घरिघरि नलैजानु आँखा, नाक, मुखमा हात !!!

चिसोबाट बचाउनु बालक, बृद्ध, नानी
राम्रोसंग हात धुनु लगाई साबुनपानी
आत्मबल धैर्य राख्नु अत्तालिनु हुन्न
सरसफाइमा ध्यान दिए हतपति छुन्न
कविले कलम कोरी सबलाई सतर्क गराऊ
सरकारका राम्रा काममा हामी सबले सघाऔं
कालो बजारी गरे कोहीले मिली सबले तर्साऔं
यति भन्दै मेरो कलम आज यहीं बिसाऊँ ? !!!

टोकियो, जापान

तपाईको प्रतिक्रिया