Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ । आउनुहोस आज राज योगका बारेमा केही बुझौं

१.राजयोगको परिस्थिती : जातक भरण ग्रन्थका रचनाकार आचार्य ढुण्डीराजका अनुसार जो व्यक्तिको जन्मको समयमा उसको कुण्डलीमा राजयोगको परिस्थिती बन्दछ । उसको हात र खुट्टाको रेखा एकदमै स्पष्ट हुन्छ । पुरुषको दाँया हात र खुट्टामा तथा महिलाको बाँया हात र खुट्टामा यदि कुनै प्रकारको राजचिन्ह् देखियो भने जीवन सुखमय र सम्पत्तिले भरपुर भएर बित्ने उल्लेख छ ।

२. विभिन्न चिन्ह : सामुद्रिक शास्त्रका रचनाकार महर्षि समुद्रको भनाईअनुसार जुन व्यक्तिको पैतालाको तल अंकुश, कुंडल वा चक्रको निशान देखिन्छ, उ एक राम्रो शासक बनेर राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ ।

३. विभिन्न निशान : जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हात वा खुट्टामा हस्ती, छत्र, माछा, तलाउ, अंकुश वा वीणाको निशान हुन्छ । सो व्यक्ति उत्तम र मानिसहरुमा सर्वश्रेष्ठ हुन्छ ।

४. राज्यको अवसर : जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हातको बीचमा शक्ति, तोमर, बाण, रथ। चक्र वा ध्वजाको निशान हुन्छ त्यो व्यक्तिलाई शासन गर्ने ठूलो अवसर प्राप्त हुन्छ । जसको उसले फाइदा पनि उठाउन सक्छ ।

५. लक्ष्मीको प्रिय : यस्तो व्यक्ति जसको खुट्टामा कुनै पाङ्ग्रा वा चक्रको साथै कमल आसनको निशान हुन्छ, उसलाई प्रशस्त जमीन, घर प्राप्त हुन्छ र जीवनभर उ सुशी र सम्पन्न हुन्छ । यसको घरमा सधै लक्ष्मीको बास हुने हुँदा उसलाई धनको कमी हुँदैन ।

६.कोठी : जुन व्यक्तिको हातको बीचमा कोठी हुन्छ उ एकमै धनी तथा समाजिक रुपमा प्रतिष्ठित हुने गर्छ । यसको साथै जुन व्यक्तिको पैतालामा कोठी तथा कुनै सवारीको चिन्ह् हुन्छ उ एकदमै राम्रो र कुशल शासकको रुपमा चिनिन्छ ।

७. भाग्य रेखा : माझको औलाको ठीक तल मणि बन्धनसम्म फैलिएको रेखा जसलाई भाग्यरेखा भनिन्छ, यो रेखा प्रष्ट र कहींपनि नछुटेको भएमा त्यस्तो व्यक्तिलाई सबै प्रकारको सुख, सुविधा र मानसम्मान प्राप्त हुन्छ ।

८.विभिन्न अगंहरुबाट ज्ञान : समुद्र शास्त्रका अनुसार जो व्यक्तिको चौडा छाती, लामो नाक, र गहिरो नाइटो हुन्छ, उसको भाग्यले उसलाई एक ठूलो शासक बन्न सहयोग पुर्याउँछ ।

जयोग को शर्त राजयोग तबसम्म सिद्ध मानिदैंन जबसम्म राजयोगको लक्षण व्यक्तिको शारिरिक अंग र उसको शारिररिक बनावटमा देखा पर्दैन भन्ने मान्यता छ । राजयोगको निश्चितता माथि उल्लेखित लक्षणहरुले राजयोगको संकेत गरेपनि राजयोगको निश्चितता केही महत्वपूर्ण चिन्ह्हरुमा रहन्छ । हात वा पैतालामा शंख, चक्र, गधा खड्ग, अंकुश, धनुष, बाण आदि चिन्ह् भएमा राजयोगको निश्चितता भएको मानिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया