Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं  – काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नकालागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रयोग मार्फत अपराधिक क्रियाकलाप नियन्यत्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा आवश्यक रहेको र ती क्षेत्रमा सीसीटिभी जडान गर्ने काम अघि बढेको छ ।

डिआईजी थापाले भन्नुभयो–समाजलाई सुरक्षित बनाउन प्रहरी रातदिन खटिएका छन । प्रहरीले आधुनिक प्रविधिको प्रयोग मार्फत अपराध नियन्त्रण गर्न सक्छ, उपत्यकाभित्र हाल भइरहेको सिसी क्यामेराको संख्या बढाएर २१ हजार पुर्याईने छ । ’ प्राथमिकतताको आधारमा क्रमश सिसी क्यामेरा थप्दै जाने बताउदै उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि सिसी क्यामेरा जडान गर्न सहज हुने दावी गर्नुभयो ।

२१ हजार सिसी क्यामेरा जडान गर्न करिब १५ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको छ । थप सिसी क्यामेरा जडानले अपराध नियन्त्रण गर्न सहज हुने बताउदै प्रमुख थापाले स्थानीय सरकारले जडान गर्ने सिसी क्यामेरा पनि प्रहरीले निगरानी गर्ने बताउनुभयो ।

उपत्यकामा हाल ५ सय २९ वटा सिसी क्यामेरा सञ्चालनमा छ । उपत्यकाका मुख्य–मुख्य नाका, शहरका मुख्य–मुख्य चोक लगायतको स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । जस मध्ये ४६० सिसी क्यामेरा नियमित रुपमा सञ्चालनमा छन् । सिसी क्यामेराका महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २४ सै घण्टा निगरानी गर्ने गरेको छ ।

 

तपाईको प्रतिक्रिया