Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा डेढसय नेपाली ७ महिनादेखि बिचल्लीमा छन् ।

अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरु कम्पनीले नयाँ ठेक्का नपाएपछि कामविहीन भएका हुन् । यो कम्पनीमा नेपाली, भारतीय, बंगाली र श्रीलंकाली गरी झण्डै एक हजार श्रमिक छन् ।

कम्पनीले काम नभएकाले बाँकी तलब दिन नसकेको जनाएको छ । भिसा नविकरण र टिकट खर्च दिन पनि असमर्थता जनाउँदै कम्पनीले श्रमिकलाई आफ्नो व्यवस्था आफैं गर्न भनेको छ । श्रमिकले ७ महिनादेखिको तलब पाउन बाँकी छ ।

तपाईको प्रतिक्रिया