Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडाैं – आँगनछेउ फुलेका सयपत्री र मखमलीले तिहारको माहोल बेग्लै बनाएको छ । रंग र प्रकाशको मिश्रणले रात पनि धपक्कै बलेको छ । तर योगमाया गाहालाई तिहारको कुनै रौनकले छुँदैन । बरु उनको हृदय नमीठो गरी दुख्छ, आँसु रसाउँछ ।

२०५८ देखि उनले दाजु केवल गाहासँग तिहार मनाउन पाएकी छैनन् । संकटकालको बेला थियो, उनका दाजु माओवादीमा लागेर पाल्पाको जनसरकार प्रमुख भएका थिए । पार्टीमै ‘जनवादी बिहा’ गरेको दुई महिनापछि त्यसै वर्ष पुस ४ गते सुटुक्क आफ्नो घर पाल्पा, दर्लाम आएका बेला उनी पक्राउ परे र गैरन्यायिक हत्या भयो ।

‘त्यसबेला म १० कक्षामा पढ्थें, १६ वर्ष लागेकी थिएँ,’ उनी भन्छिन्, ‘सानैमा बुबा बितेकाले दाजुले हामीलाई हुर्काउनुभएको थियो, उहाँ नभएपछि जीवन त्यसै पनि शून्य भएको थियो । हरेक तिहारमा यो शून्यपनले ज्यादा पिरोल्छ ।’

भाइटीकाका दिन अरूले दाजुभाइसँग साटेको माया र बाँडेको मिठाईले योगमायाको आँसु छचल्क्याउँछ । ‘मजस्ता हजारौं छन् यो देशमा जसले आफन्त गुमाएका छन्,’ अचेल शान्ति मन्त्रालयमा द्वन्द्वका समयमा परेका बालिका र महिलाका लागि काम गर्दै गरेकी ३३ वर्षीया योगमाया भन्छिन्, ‘उनीहरूकै बलिदानबाट देशमा परिवर्तन आएको छ भन्ने ठानेर मन बुझाउन खोज्छु तैपनि दुःखले छोइरहन्छ ।’

यस्तै पीडा दाङ घोराहीकी सुशीला चौधरीको पनि छ । हरेक तिहारले उनको आँखा यसैगरी ओसिलो पारेर जान्छ । ‘मेरा पनि दाजु मारिए, दिदी अहिलेसम्म बेपत्ता छिन्,’ सुशीला भन्छिन्, ‘तिहारका बेला दुवैको अभावले मुटु फुट्लाजस्तो भएर आउँछ ।’ थारू संस्कृतिमा हरितालिका तीजका बेला आइतबारी पर्व मनाइन्छ, जसमा दाजुभाइले दिदीबहिनीको सुख, दीर्घायु र स्वास्थ्यको कामना गर्दै व्रत बस्छन् । सानी हुँदा दाजु अर्जुन चौधरीले व्रत बसेर आफैंले बनाएको भोजन खुवाएको मधुरो सम्झना उनीसँग छ।

‘हामी थारूको खास तिहार भनेको आइतबारी हो तर वरपर अरू सबले मनाउने हुनाले तिहारको रामरमाइलोले छोपिसकेको छ,’ उनी भन्छिन्, ‘यस्तो बेला दिदी र दाजु दुवैलाई साह्रै सम्झन्छु, भावुक हुन्छु ।’ उनकी २३ वर्षीया दिदी रामकली चौधरीलाई सेनाले २०५८ वैशाख ३ मा पक्रेर लगेको थियो । त्यसयता अहिलेसम्म उनी मरे–बाँचेको पत्तो परिवारले पाएको छैन । दाजु अर्जुन क्याम्पसमा पढदा माओवादीमा लागेका रहेछन्, त्यो थाहा पाएर घरमै सेना आई २०६१ चैत २५ मा उनको ज्यान लिए ।

तपाईको प्रतिक्रिया