Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं –  प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वन तथा वातावरण मन्त्रालय बाधक नबन्ने भएको छ ।

बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले राष्ट्रिय महत्वको निजगढ विमानस्थल निर्माणमा वन मन्त्रालय बाधक नबन्ने स्पष्टपार्नुभएको हो।

समितिको उपसमितिले राखेको छलफलमा विभिन्न सरोकारवाला निकायहरुको सवालमा जवाफ दिँदै सचिव ओलीले वातावरणविदहरुलाई धेरै चिन्ता गरेर नहिँड्न आग्रहसमेत गर्नुभयो । ‘म पनि वातावरणमै विद्यावारिधी गरेको मान्छे हुँ, हामीले पनि वन मास्दै हिँड्ने भनेका छैनौं तर राष्ट्रिय गौरवको आयोजनालाई वनले अवरोध गर्दैन,’ उहाँले भन्नुभयाे ।

तपाईको प्रतिक्रिया