Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – महिलाले लगाउने स्याण्डिलको अधिकतम मूल्य कति पर्ला ? अनुमान लगाउनुस् त । अनुमान आ-आफ्ना होलान् तर यदि दुनियाँको सबैभन्दा महंगो स्याण्डिलको मूल्य थाहा पाउनुभयो भने तपाइँले जिब्रो टोक्नुहुनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जिब्रो नटोकियोस् पनि किन ? आखिर खुट्टामा लगाउने एकजोर स्याण्डिलको मूल्य हजार, लाख, करोड रुपैयाँमा नभई अर्ब रुपैयाँ पर्दछ । हो युएइको दुबई सहरमा झण्डै २ अर्ब रुपैयाँ पर्ने दुनियाकै महंगो स्याण्डिल बनेको छ । यो स्याण्डिलको मूल्य १ करोड ७० लाख डलर छ । बहुमूल्य हिरा र सक्कली सुनबाट बनेको यो एकजोर स्याण्डिल बुधबार सार्वजनिक गरिएको छ ।

यतिधेरै महंगो भएपछि यो चिज बनाउन पनि कम्ता मेहेनत लागेन होला । हो, यो स्याण्डिलको डिजाइन गर्ने तथा बनाउने कामका लागि पूरै ९ महिना लागेको थियो । दी प्यासन डायमण्ड शू नाम दिइएको यो स्याण्डिलमा सयौँ हिराका टुक्रासँगै हरेकमा दुईवटा पन्ध्र क्यारेटका बहुमूल्य डी फ्ल लेस हिराको टुक्रा प्रयोग गरिएको छ । प्यासन ज्वेलर्ससँगको सहकार्यमा दुबईस्थित जाडा दुबई कम्पनीले यी जुत्ता बनाएको हो । यद्यपि यसको डिजाइन तथा निर्माण भने इटालीमा भएको हो ।

विश्वको एकमात्र सेभेन स्टार होटल बुर्ज अल अरबमा बुधबार यी जुत्ता सार्वजनिक गरिएको छ । सुरुमा बनाइएका स्याण्डिल ३६ साइजका छन् । तर भविष्यमा ग्राहकको अर्डर अनुसारको साइजमा पनि कम्पनीले यी स्याण्डिल उत्पादन गर्ने बताइएको छ । तर यति महंगा स्याण्डिलका ग्राहक चाहीँ को होला ? यो स्याण्डिलको फिक्स्ड प्राइस १ करोड ७० लाख डलर रहेको र कुनैपनि छुट उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

स्मरण रहोस् विश्वमा यसअघि डेब्बी विंघम हाई हिल्स सबैभन्दा महंगो जुत्ताको रुपमा रहेको थियो । जसको मूल्य १ करोड ५१ लख डलर थियो । –एजेन्सी

तपाईको प्रतिक्रिया