Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – ५ पटक सांसद् तथा मन्त्रीसमेत भइसकेका एक व्यक्तिले जीवनमा ५८ वटी महिलासँग बिहे गर्लान् भन्ने कल्पना सायदै गर्न सकिएला । तर बागुन सुम्ब्रुइ नामका व्यक्तिले भने धेरै सांसद् तथा मन्त्रीले गर्न नसकेको काम गरिदिए । उनले आफ्नो जीवनकालमा ५८ जना श्रीमती भित्राए । उनले यतिधेरै पत्नी बनाए कि जीवनको अन्तिम समयसम्म आइपुग्दा उनलाई आफ्ना सबै पत्नीको नामसम्म याद थिएन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस्ता कीर्तिमानी सांसदको गत जून २२ मा मृत्यु भएको छ । भारतको झारखण्ड राज्यको पहिलो विधानसभा उपाध्यक्ष बागुन सुम्ब्रुईको हालै ९६ वर्षको उमेरका निधन भएको छ । श्रीमतीका धनी यी पूर्वमन्त्री तथा पूर्व सांसद् निकै सादा जीवन व्यतित गर्दथे । गर्मी होस् वा ठण्डी जिउमा केवल धोती मात्रै लगाउँदथे । जीवनमा धेरै महिलासँग बिहे गर्नुको एउटा कारण बताइरहन्थे उनी । भगवान श्रीकृष्णको प्रेरणाले उनले ५ दर्जन ‘गोपिनी’ भित्राएका हुन् अरे ।

तर कृष्णले जस्तै शोषित पीडित महिलाको उद्धार गरी आफूले पत्नी बनाएको दाबी उनको थियो । आफ्नो शरणमा आउने हरेक महिलालाई आफूले सधैं साथ दिएको र अर्धांगिनी बनाएर राखेको उनको भनाइ छ । उनका अनुसार पहिले पहिले झारखण्डमा हुने हाटहरुमा आउने व्यापारीहरुले आदिवासी युवतीहरुलाई शोषण गरेर गर्भवती बनाउने गर्दथे । अन्जान व्यापारीबाट गर्भवती बनेर अलपत्र परेका युवतीहरुलाई उनले साथ दिन्थे र पत्नी बनाएर भित्राउँदथे ।

त्यसरी सहारा दिएका कतिपय महिला उनीसँग जजीवनभर पत्नी बनेर बसे त कतिपय महिलाहरु मन मिल्ने अर्को पुरुष भेटेर पोइल पनि गए । जीवनमा धेरै महिला आए र गए पनि । त्यसैले उनलाई कुनै महिला आफ्नो जीवनमा आउने र छाडेर जाने कुराप्रति कुनै गुनासो रहेन । अनि आउने जाने सबै महिलाको नाम सम्झना गर्न पनि छाडे । स्मरणरहोस् बागुनले पछिल्लोपटक सन् २००४ मा विधानसभामा चुनाव जितेका थिए । तर त्यसपछि स्वास्थ्यमा खराबी आएपछि उनले चुनाव लडेनन् र राजनीतिबाट टाढिए । –एजेन्सी

तपाईको प्रतिक्रिया