Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडाैं – नेपाली काँग्रेसले सुर्खेतस्थित आफ्नो पार्टी कार्यालयमा प्रवेश गरी प्रहरी आक्रमण भएको भनी आपत्ति जनाएको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीले गरेको प्रदर्शनपछि काँग्रेस सुर्खेतको जिल्ला पार्टी कार्यालयमा प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गरेको भनी विरोध गर्दै पञ्चायतकालमा समेत काँग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना नभएको भनी सरकारलाई स्मरण गराउनुभएको छ ।

शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’सडक पनि लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने अभिन्न अंग हो पञ्चायतकालमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना भएका थिएनन् । तर, कम्युनिष्ट सरकारको पालामा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठेको छ ।’

तपाईको प्रतिक्रिया