काठमाडौं – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । नेविसंघले प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई दबाब दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयमा मूल्यवृद्धि फिर्ता लिन ज्ञापन पत्र बुझाएको छ ।
सरकारले गरीब जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म संघर्ष जारी रहने नेविसंघका अध्यक्ष नैनसिंह महरले बताउनुभयो । उहाँकाका अनुसार आन्दोलनअन्तर्गत भोलि देशभरका सदरमुकाममा १ घन्टा यातायात चक्काजाम गरिनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिने कार्यक्रम छ ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेटेर नेविसंघलगायत विद्यार्थी संघसंगठनले यसअघि नै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरिसकेका छन् ।








