Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

कोलम्बो– श्रीलङ्काको दक्षिणी क्षेत्रमा फैलिएको भाइरल ज्वरोका कारण १४ जना बालबालिकाको मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले बिहीबार बताएका छन्।

चिकित्सकहरूले ज्वरोको प्रकोप देखिएको स्थानमा नागरिकलाई सुरक्षित स्वास्थ्यका लागि आवश्यक उपायलाई अवलम्बन गर्न र भाइरल थप फैलिनबाट जोगिन आग्रह गरेका छन्।

दक्षिणी श्रीलङ्काको कारापितिया शिक्षण अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक जयम्पथी सेनानायकेले दिएको जानकारी अनुसार श्रीलङ्कामा अहिलेसम्म भाइरल ज्वरोका कारण १४ जनाको मृत्यु भएकोमा कारापातियामा १३ र एक जनाको राजधानी कोलम्बोमा मृत्यु भएको छ।

मृतक सबै दुई वर्षभित्रका बालबालिका रहेका बताउँदै उनीहरूमा उच्च ज्वरो, रूघा, खोकी तथा टाउको दुख्ने समस्या रहेको पाइएको सेनानायकेले बताए। उनीहरूमा पछिल्लो अवस्थामा श्वासप्रश्वास र निमोनियाको समस्या पाइएको उनले जानकारी दिए।

कारापातिया अस्पतालमा अहिले ४९ जना भाइरलजन्य समस्याका बिरामीको उपचार भइरहेको बताइएको छ।

यसैबीच श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार नै स्वास्थ्य अधिकारीलाई तत्काल भाइरल नियन्त्रणका लागि उपाय अवलम्बन गर्न निर्देशन दिइसकेका छन्।

स्वास्थ्य अधिकारीले यसपहिले भाइरल फ्लू एडिनो भाइरस तथा इन्फ्लूयन्जाका कारण फैलिएको बताएका थिए।

तपाईको प्रतिक्रिया