Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन टू’ सम्पन्न भएको छ । चर्चित सेलिब्रिटीदेखि पत्रकारसम्मलाई र्याम्पमा हिँडाइएको फेशन शोमा परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरनसम्म प्रस्तुत गरिएको थियो । फेसियल हाउसले ‘फेशन सवैका लागि’ अवधारणामा गरेको फेशन शोमा ७ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।

फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर शुष्मा महराले ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ले फेसनको दुनियाँमा नयाँ मान्यता स्थापित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसपल्ट हामीले समय सान्दर्भिक फेशनलेबल डिजाइन, मेकअप र भविष्यमा हुने र चल्ने डिजाइन तथा मेकअपलाई फेशन टेड्र मार्फत प्रस्तुत गरेका थियौं ।’ फेशनसँग जनजीवनलाई जोड्ने प्रयास अन्तर्गत आफूहरुले फेशन शोको परम्परागत अवधारणालाई परिवर्तन गर्न खोजेको फेसियल हाउस इन्टरटेनमेन्टका अध्यक्ष उज्वलजंग शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फेशन हिरो(हिरोइन र मोडलले गर्ने कुरा हो भन्ने मान्यता छ । तर, सवै पेशा, व्यवसाय र क्षेत्रमा रहेकाहरु आकर्षक र स्मार्ट बन्न जरुरी हुन्छ । यो फेशन शोबाट त्यही सन्देश प्रवाह गर्न खोजेका हौं ।’ कार्यक्रममा प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठले फेशन सवैका लागि उत्तिकै जरुरी भएको बताउनुभयो । फेशनले स्वस्थ रहन सघाउने बताउँदै उहाँले भन्नुभयो, ‘आफ्नो पेशा अनुसारको फेशन सेन्स सवैमा हुन जरुरी छ । फेशनमा कन्सियस हुनेहरु स्वास्थ्यप्रति पनि कन्सियस हुन्छन् ।’ फेसियल हाउसले यसपल्ट फेशन शोका लागि मोडल मात्रै नभइ रोलमोडल पनि छानेको थियो । समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्याम्पमा उतारेको थियो । चर्चित सेलिब्रिटी तथा राजनीतिज्ञ करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री क्षितिजा शाक्य, दिक्पाल कार्की, एसराज गराच, पूर्व मिस्टर नेपाल गणेश अग्रवाललगायत र्याम्पमा उत्रिएका थिए । यसैगरी पहिलोपल्ट पत्रकारहरुलाई पनि र्याम्पमा उतारिएको थियो । चर्चित ट्याबलोइड पत्रिका शुक्रवारका सम्पादक केपी ढुंगाना, नेपाल लाइभ डटकम तथा स्वास्थ्य खबरपत्रिकाका समाचार सम्पादक डिबी खड्का, पत्रकार तथा फिल्म निर्देशकहरु सुव्रत आचार्य, नयाँ पत्रिकाका लक्ष्मण सुवेदी, मेरोफिल्म डटकमका दिपेन्द्र घिमिरे लगायतका २० जना पत्रकाहरुलाई पनि र्याम्पमा उतारिएको थियो । उक्त कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउतलगायतका गायक गायिकाले आफ्नो प्रस्तुति पस्केका थिए ।

फेसियल हाउसले वर्षौंदेखि सवै प्रकारका व्यक्तित्व, सवै क्षेत्र र सवै पेशाकर्मीहरुलाई सुन्दर बनाउँदै आएको छ । त्यसैले फेसियल हाउस सुहाउँदो हेयर डिजाइन, छालाको निरन्तर देखभाल र मेकअपबाट जोकोहीलाई सुन्दर र स्मार्ट बनाउन सकिन्छ भन्ने मान्यतालाई यस शोबाट पुष्टी गर्ने बताइएको छ ।  फेशन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफ लक्की खड्की, दिक्पाल कार्की, स्मित तामाङ, ड्रेस डिजाइनर प्रेम देब, एनि र मेकअप चन्द्र लामा र नीलम र हेयर डिजाइनमा बिगेन तामाङ रहका थिए ।

कार्यक्रममा मुख्य प्रायोजन फेसियल हाउसले गरेको हो । सह प्रायोजन क्वेस्ट लाइफ स्टाइल, हिट्को प्रालि, अशोक कार्वन, श्रीनाथ कलेक्सन, एफक्यान, बोता मोमोले गरेका हुन् । टिपाज कलेक्सन, कर्पोरेट, ह्वाइट मिडिया, आर्यन डिजाइन र तस्बिर स्टुडियोले सहयकार्य गरेका छन् । ‘फेशन ट्रेड सिजन वान’ पोखरामा भएको थियो । नेपालमै पहिलोपल्ट तीनमहिनासम्म हरेक शुक्रबार पारेर पोखरामा आयोजना गरिएको उक्त फेशन शो पोखरेली माझ चर्चित बनेको हो । 

तपाईको प्रतिक्रिया