Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – सर्वोच्च अदालतले जन्मकैद फैसला सुनाइएका बालकृष्ण ढुंगेललाई आममाफी दिनुपर्ने कारण देखाउन सरकारसँग लिखित जवाफ माग गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई सरकारले दिन लागेको आममाफी तत्काल रोक्न माग गर्दै बिहीबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सोही रिटमाथि आज सर्वोच्चका न्यायाधीश दीपक कार्कीको एकल इजलासले सरकारलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । अधिवक्ता त्रिपाठीले रिटमा अन्तरिम आदेशको समेत माग गरेकाले त्यसको सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ ।

सर्वोच्चले अन्तरिम आदेश दिने या नदिनेबारेमा छलफलका लागि जेठ १३ गते दुबै पक्षलाई छलफलमा बोलाएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढु‌ंगेललाई आममाफी दिने तयारी गरेको छ । कारागार व्यवस्थापन विभागले आममाफी पाउने कैदीको सूची राष्ट्रपति कार्यालयमा बुझाइसकेको छ । 

तपाईको प्रतिक्रिया