Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

दुबई – दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरेका छन् । ‘गल्फ न्यूज’ अखबारका अनुसार शरिया न्यायालयमा विवाह गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बेहुलीका पिताले बेहुला पक्षसँग २० हजार पाउन्ड रकम माग गरेका थिए । प्रचलनअनुसार नै बेहुलीका पिताले रकम माग गरेको र बेहुलापक्षले पनि उक्त रकम दिने सहमति जनाएपछि विवाह भएको थियो ।

विवाहकै क्रममा बेहुलापक्षले ५० प्रतिशत रकम बुझाएको थियो । विवाह दर्ता भइसकेपछि बाँकी रकमका लागि बेहुलीका पिताले दबाब दिएको उक्त अखबारले जनाएको छ । बेहुलाले पाँच मिनेटको पैदल दुरीमा पार्क गरिएको आफ्नो कारमा रकम रहेको जनाउँदै बेहुलीका पितालाई ‘पार्किङ’ मै गएर बाँकी रकम तिर्ने बताएका थिए ।

तर, बेहुलीका पिताले कारमा राखेको रकम लिन अरु कसैलाई पठाउन दबाब दिदैं पुरा रकम नपाएसम्म आफूले छोरीलाई लैजान नदिने बताएपछि तनाव बढेको थियो ।

दुलाहा पक्षले बेहुलीका पिताको यस्तो दबाबलाई ‘आफ्नो अपमान’ महसुस गर्दै तत्काल सम्बन्धबिच्छेद गरेको बताइएको छ ।

समाचारमा बेहुला, बेहुली र उनीहरुको परिवारको परिचय खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया