Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं –  प्रयोगकर्ताका डाटामाथि अनधिकृत पहुँच स्थापित गरी दुरुपयोग गर्ने एपहरुमाथि कारवाही गर्ने कार्य सुरु गरेको फेसबुकले पहिलो चरणमा फेसबुकमा क्रियाशील २ सय वटा एपलाई निलम्बन गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रयोगकर्ताका डाटा लिक भएको काण्डमा विवादित बनेको फेसबुकले डाटा गोपनियताका लागि सख्त कदम चाल्ने घोषणा गरेकोमा अनधिकृत एपहरुमाथि निलम्बन सुरु गरेको हो । फेसबुकले निलम्बन गरिएका एपहरुको नाम भने खुलाएको छैन । तर ती एपका डेभलपरलाई त्यसबारेमा जानकारी गराइसकिएको जनाएको छ ।

ती एपहरुले प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गरे नगरेको विषयमा गहन अनुसन्धान गरिने र त्यतिन्जेलसम्मका लागि निलम्बन गरिएको फेसबुकको प्रडक्ट पार्टनरसीप विभागका उपाध्यक्ष इमी आर्चिबोंगले जनाएका छन् ।

फेसबुकले अन्य हजारौँ एपहरुमाथि हाल निगरानी गरिरहेको जनाएको छ । गत मार्च २१ मा फेसबुक संस्थापक मार्क जुकरबर्गले एक घोषणा गर्दै सन् २०१४ अघि प्रयोगकर्ताका डाटामा पहुँच रहेका एपहरुमाथि अनुसन्धान गरिने घोषणा गरेका थिए ।

फेसबुक प्रयोगकर्ताका डाटाको दुरुपयोग गर्ने सबै एपहरु पत्ता लगाउन अझै धेरै काम बाँकी रहेको आर्चिबोंगले जनाएका छन् । उनका अनुसार यस विषयमा शिघ्र रुपमा अनुसन्धान गर्नका लागि आन्तरिक र बाह्य विज्ञहरुको समूह खटाइएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया