Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

न्युयोर्क–करनेल विश्वविद्यालयकी एक विद्यार्थीले आफ्नो थेसिस भित्रिवस्त्र लगाएर प्रस्तुत गरेकी छिन् । अघिल्लो साता भएको परीक्षण प्रस्तुतिमा उनको कपडा बारेमा टिप्पणी भएपछि उनले यस्तो कदम चालेकी थिइन् ।

लेटिटिया चाईले अघिल्लो साता निलो बटनवाला लामो सर्ट र काटिएको जिन्स सट्स लगाएर प्रस्तुति दिन गएकी थिइन् । त्यसरी जाँदा प्राध्यापकबाट उनको कपडाको छनौटको विरोध भएको थियो ।

“प्राध्यापकले मलाई भनेको पहिलो कुरा नै “के प्रस्तुतिमा पनि तपाई यही पोशाक लगाउनु हुन्छ ?” चाईले कर्नेल सनलाई भनिन्, “उनको यो भनाईले मलाई यस्तो अचम्मित बनायो कि मैले केही जवाफ दिनै सकिनँ ।”प्राध्यापक रेबेका म्यग्गोरले चाईलाई उनको सट्स निक्कै छाटो भएको बताएकी थिइन् । उनले चाइले कपडामार्फत ‘धारणा दिइरहेको’ भनेकी थिइन् ।

तर पाठ्यक्रममा कक्षामा उपस्थित हुन कुनै आधिकारिक ड्रेस कोडको व्यवस्था छैन । विद्यार्थीले “सहज हुने कपडा र जुत्ता, चप्पल लगाउन” सक्छन् भनिएको छ । तर प्रस्तुतिको लागि म्याग्गोरले आफ्नी विद्यार्थीहरुलाई ‘व्यक्तित्वलाई उपयुक्त पहिरन” लगाउन प्रोत्साहित गर्छिन् । त्यो भन्नुको अर्थ सन्दर्भ अनुसारको पहिरन लगाउने हो –अर्थात इन्टरभ्यु र कन्सर्टको लागि फरक फरक चीज लगाउने भन्ने हो ।

“म आफ्ना विद्यार्थीहरुलाई के लगाउने भन्दिन, न त म तिनको लागि कुन कपडा उपयुक्त हुन्छ भन्छु” प्रोफेसरले करनेल भनिन् ,“मैले तिनलाई आफैमा नजर लगाउ र आफ्नो निर्णय गर्न भन्छु ।”
यद्यपी चाईले ‘विस्थापित मानिस र शहणार्थीको पुनरस्थापना’ विषयमा दिन लागेको परीक्षण प्रस्तुतिमा उपयुक्त पहिरनबारेमा गम्भीर बहस भयो । एक पुरुष अन्तराष्ट्रिय विद्यार्थीले त आफ्नो दर्शकको लागि पनि उपयुक्त कपडा लगाउनु उनको ‘नैतिक कर्तव्य’ भएको टिप्पणी गरे ।

त्यसपछि चाई उक्त कक्षाबाट निष्किएकी थिइन् । दुई विद्यार्थीले सान्त्वना दिनको लागि उनलाई पछ्याएका थिए ।“म अरुको ध्यानाकर्षको लागि जिम्मेबार छैन किनकी हामी सबै आफ्ना लागि सोच्न समर्थ छौं र हामीसँग माध्यम छ,”, चाईले भनिन् । म्याग्गोरले यस्तो कपडाले ‘पुरुषको ध्यान’ उनको मन्तव्यबाट अन्यत्र तानिने भनेर साबधान गराएकी थिइन् ।

म्याग्गोरले पछि उनलाई भेटेर उनको आमाले यस्तो कपडाको छनौटमा के भन्छिन् भनेर प्रश्न गरेकी थिइन् । “मेरो आमा एक ‘नारीवाद, लिङ्ग र यौनिक अध्ययन’की प्राध्यापक हुन् । उनमा मेरो सट्सबारे राम्रो धारणा छ ।” चाईले जवाफ दिइन् ।

त्यसपछि के गर्ने योजना छ भन्ने प्रश्नमा उनले “म जीवनकै अविश्मरणीय मन्तव्य दिनेछु” भनिन् । चाई थिएटरमा फर्किइन् र यो पटक उनी आफ्नो ब्रा र अण्डरवेयर मात्र लगाएर फर्केकी थिइन् । उनले अरुलाई पनि आफ्नो कदम पछ्याउन आग्रह गरिन् । जुन आग्रहलाई दुई दर्जन भन्दा बढीले समर्थन जनाए र ब्रा र अण्डरवेयरमा मात्र आए ।

पछि प्रध्यापकले उनको ‘पुरुषको ध्यान भाँडिन्छ’ भन्ने शब्द चयनको लागि माफी मागेकी थिइन् ।

तपाईको प्रतिक्रिया