Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – रिसर्च एनालिटिक्स कम्पनी स्ट्राटेजी एनालिटिक्सले सन् २०१८ को पहिलो त्रैमासिकमा विश्वमा सबैभन्दा धेरै बिक्रि भएका स्मार्टफोनको सूची तयार पारेको छ । जस अनुसार यस अवधिमा विश्वमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन यस्ता छन्ः-

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आइफोन एक्सः एप्पललाई अपेक्षाकृत सफलता दिलाउन नसकेको भन्ने समाचारलाई गलत सावित गर्दै एप्पलको दशौँ वर्षगाँठको फ्लागसिप आइफोनको रुपमा रहेको आइफोन एक्स सन् २०१८ को पहिलो त्रैमासिकमा विश्वमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको छ ।

साथै यो आइफोन सबैभन्दा धेरै मुनाफा कमाउने स्मार्टफोन पनि बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको हालैको एक शोध अनुसार मोबाइल फोन उद्योगमा यस अवधिमा भएको मुनाफाको ३५ प्रतिशत हिस्सा केवल आइफोन एक्स मात्रैले ओगटेको छ ।

आइफोन एटः एप्पललकै अर्को फ्लागसिप प्रडक्ट आइफोन एट यस वर्षको पहिलो त्रैमासिकमा विश्वमा सबैभन्दा धेरै बिक्ने स्मार्टफोनको दोश्रो नम्बरमा परेको छ । यो एप्पलको फ्लागसिप लाइनअपको सबैभन्दा सस्तो स्मार्टफोन हो ।

यसले युरोप तथा अमेरिकी बजारमा आइफोन एक्सलाई पनि कडा टक्कर दिइरहेको छ । आइफोन एट सबैभन्दा धेरै मुनाफा कमाउने स्मार्टफोनको पनि दोश्रो नम्बरमै रहेको छ ।

आइफोन एट प्लसः यस त्रैमासिकमा सबैभन्दा लोकप्रिय स्मार्टफोनको तेश्रो नम्बरमा पनि एप्पलकै प्रडक्ट छ । आइफोन एटको ठूलो स्क्रिनवाला भर्सन आइफोन एट प्लस धेरै बिक्रि भएको स्मार्टफोनको तेश्रो नम्बरमा पर्न सफल भयो । साथै स्मार्टफोन उद्योगको कुल मुनाफाको १५.२ प्रतिशत हिस्सासँगै यो धेरै मुनाफा कमाउने स्मार्टफोनमा तेश्रो नम्बरमा रहन समेत सफल भएको छ ।

आइफोन सेभेनः सन् २०१६ मा लञ्च भएको आइफोन सेभेनको लोकप्रियता अझै घटेको छैन र सन् २०१८ को पहिलो त्रैमासिकमा यो सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको चौथो नम्बरमा परेको छ ।

साओमी रेडमी फाइभ एः एप्पलको प्रभुत्वलाई चुनौति दिँदै चिनिया कम्पनी शाओमीको रेडमी फाइभ ए सन् २०१८ को पहिलो त्रैमासिकमा सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोनको सूचीमा पाँचो नम्बरमा पर्न सफल भएको छ । शाओमीको यो मोडेल चीन र भारतीय बजारमा सबैभन्दा लोकप्रिय स्मार्टफोनको रुपमा रहेको छ ।

सामसुङ ग्यालेक्सी एस नाइन प्लसः स्मार्टफोन बजारको अग्रणी कम्पनी सामसुङका लागि सन् २०१८ को सुरुवाती तीन महिना खासै उत्साहजनक रहन सकेको छैन । यस अवधिमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको सूचीमा सामसुङको ग्यालेक्सी एस नाइन प्लसले केवल छैटौँ स्थानमा चित्त बुझाउनु परेको छ । –एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया