Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – भारतमा एक व्यक्तिले आमाको शव तीन वर्षसम्म फ्रिजभित्र लुकाएर राखेको पाइएको छ । छिमेकी र नातेदारले समेत थाहा नपाउनेगरी आमाको शव फ्रिजमा राख्नुको कारण भने अचम्मको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोलकाताका शुभव्रता मजुमदारले अरु कारणले नभई आमाको नाममा राज्यले दिने पेन्सन खानका लागि शवलाई फ्रिजमै राखेका हुन् । आमाको शव सड्नबाट जोगाउन उनले केमिकल प्रयोग गरेका थिए । मृत्यु भएकी आमाको पेन्सन खान उनले यो जुक्ति निकालेको प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको छ । तर उनले मृत शरीर फ्रिजभित्र राखे आमाको पुर्नजन्म हुने विश्वासमा यस्तो गरेको जिकिर गरेका छन् ।

उनको यस्तो हर्कत एक छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई कोलकाता प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । अभियुक्त छाला प्राविधिक भएकाले मृत शरीर जोगाउने तरिका उनलाई राम्रोसँग थाहा थियो । त्यसैले उनले केमिकलको प्रयोग गरी आमाको शवलाई सुरक्षित राखेका थिए । सन् २०१५ अप्रिलमा शुभव्रताकी आमाको मृत्यु भएको थियो । तर, उनले आमाको मृत्यु भएको हल्ला कतै पनि गरेनन् । उनले सुटुक्क शवलाई फ्रिजभित्र राखे ।

त्यसयताका तीन वर्ष उनले हरेक महिना आमाको खाताबाट पेन्सनबापत आएको पैसा निकाले । त्यसका लागि उनले हरेक महिना मृत आमाको औंठाछाप लगाउँथे र डेविटकार्डमार्फत पैसा झिक्थे । उनले मासिक ३० हजार रुपैयाँ पेन्सल पाउँथिन् । शुभव्रताका ९० वर्षीय बाबु पनि उनीसँगै बसिरहेका छन् र छोराको यो सबै हर्कत उनलाई थाहा छ । तर, उनको खराब स्वास्थ्यका कारण प्रहरीले पक्राउ भने गरेन ।-एजेन्सी

तपाईको प्रतिक्रिया