Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
काठमाडौं- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले महासचिव रामबहादुर थापा ‘बादल’लाई सोध्दैछन्- ‘म म कसरी ‘र’को एजेन्ट भएँ ?’
बादलले आइतबार चितवनमा दाहाल ‘र’को एजेन्ट भएको आरोप लगाएका थिए । पार्टी भित्रको विवाद चकिँर्दै गएपछि यसबारे छलफल गर्न माओवादी स्थायी समिति बैठक मंगलवार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।
बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण भारतसँग गरिएको बिपा सम्झौता केन्द्रीय समिति बैठकको तयारी लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । माओवादीमा सरकार गठनका बेला मधेसी मोर्चासँग भएको चार बुँदे सहमति र हतियार राखिएको कन्टेनरको साँचो विशेष समितिमा बुझाउने बिषयलाई लिएर सुरु भएको विवाद बिपा सम्झौतासम्म आइपुग्दा उत्कर्षमा पुगेको छ ।
यसअघि सडकमै उत्रेर पार्टी नेतृत्व र सरकारको विरोध गरेको उपाध्यक्ष मोहन वैद्य किरण पक्षधरले बिपा सम्झौताको पनि आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको छ । बिपा सम्झौताबारे पार्टीको आधिकारिक धारणा आजको बैठकले सार्वजनिक गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजै बताइसक्नुभएको छ ।
बैठकमा आउँदो १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेण्डामा पनि छलफल हुनेछ । विवाद चकिँर्दै गएपछि माओवादीले अघिल्लो महिना गर्ने भनेका छुट्टै भेला स्थगित गरेर केन्द्रीय समिति बैठक बोलाएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया