Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं– के सुरक्षा जाँचको क्रममा तपाई कहिले आफ्नो सामानको हिफाजतलाई लिएर चिन्तित हुनुभएको छ ? चीनकी एक महिला रेल–स्टेशनमा जाँचको क्रममा आफ्नो व्यागलाई लिएर यो हदसम्म चिन्तित भइन् कि उनी ब्यागसँगै एक्सरे मेसिनबाट गुज्रिन पनि अफ्ठयारो मानिनन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आफैमा एक अनौठो यो मामला पछिल्लो आइतबार भएको हो । दक्षिणी चीनको ड्रगग्वान रेलवे स्टेशनको एक कर्मचारीले जब सामान जाँच गर्ने एक्सरे मेसिनको मनिटरमा यी महिलाको छाया–चित्र देखिन्, तब उनी आफै अचम्मित बनेकी थिइन् ।

एक अनलाईन भिडियो मार्फत यो पूरा घटना अगाडी आएको हो । पछिल्लो आइतबारबाट चीनमा नयाँ वर्षको छुट्टी शुरु भएकाले रेल स्टेशन निक्कै भीड थियो । चीनमा बिहिबार नयाँ वर्ष मनाइँदै छ ।

भिडियोबाट प्रष्ट हुन्छ कि यी महिलाले पहिला आफ्नो सूटकेसलाई कन्वेयर बेल्टमा राखिन र ह्याण्डव्याग लिएर स्टेशन तर्फ अघि बढीन । तर जब उनलाई सबै व्याग एक्सरे मेसिनमा राख्नुपर्ने भनियो तब उनी आफै कन्वेयर वेल्टमा चढीन् र सामानको साथसाथै अर्को तर्फ पुगिन ।

यो दौरान उनको एक्सरे इमेज ‘क्याप्चर’ भयो जसमा उनी आफ्नो सामानको पछाडी घुँडा टेकेर बसिरहेकी थिइन् । उनलाई देखेर सुरक्षाकर्मीहरु पनि दङ्ग परेका थिए ।ति महिलाको ह्याण्डव्यागमा त्यस्तो के थियो जसका कारण ती महिला त्यति चिन्तित थिइन् भनेर चाँही जानकारी पाइसकिएको छैन ।

तर चीनमा नयाँ वर्षको अवसरमा घर फर्कनेहरुले ठूलो परिणाममा नगद बोकेका हुन्छन् भन्ने आम विश्वास गरिन्छ । स्थानिय मिडियाका अनुसार यो घटनापछि ड्रगग्वान स्टेशनका कर्मचारीहरुले यात्रीहरुलाई मेसिनमा नचढ्न चेतावनी दिन थालेका छन् ।

तपाईको प्रतिक्रिया