Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – विश्वकै सबैभन्दा अग्लो पुरुष र सबैभन्दा होची महिलाको यो तस्वीर फोटोसपको चमत्कार होइन । यस ग्रहकै सबैभन्दा अग्ला ८ फिट ९ इन्च उचाइका टर्कीका ३६ वर्षीय सुल्तान कोसेन टावर जस्तो देखिएका छन् ।

जब कि २ फिट ६ इन्च मात्र उचाइकी भारतको नागपुरकी ज्योति अम्गेलाई उनको शिरसम्मको झलक पाउन टाउकोलाई आफूले सकेसम्म पछाडि तन्काउनुपरेको देखिन्छ । २५ वर्षीय अम्गे विश्वकै सबैभन्दा होची महिलाका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भइसकेकी छिन् । उनले आफना ठीक उल्टो कीर्तिमानधारीसँग इजिप्टमा फोटोसुटका लागि भेटिकी हुन् ।

विश्व कीर्तिमानधारी यी जोडीले इजिप्टको गिजा शहरमा देशको पर्यटन प्रवद्र्धन प्रयोजनका लागि विभिन्न पोजमा तस्वीर खिचाएका थिए । पिउटुइटरी ग्ल्यान्डमा हुने गडबडीका कारण अत्यधिक अग्लो भएका कोसेन इतिहासमा ८ फिट वा त्योभन्दा बढी उचाइ हुने १० व्यक्ति मध्येका एक हुन् । अकोन्डोप्लासियाका कारण होची बनेकी अम्गे २५ वर्षकी भए पनि २ वर्षका बालबालिकाको औसत उचाइभन्दा होची छिन् । –एजेन्सी 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया