Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं –  मानिस आफूलाई बिहानदेखि बेलुकीसम्म व्यस्त बनाउन चाहन्छ । व्यस्त दैनिकीले मानिसलाई तनावको वातावरण सिर्जना गर्छ । उसो त घरायसी समस्या, कुनै व्यक्तिसँगको झगडालगायतका कुराले पनि तनाव थप्न सक्छ । तर, तपाईं बिहानको समय कसरी बिताउनुहुन्छ भन्ने कुराले पूरै दिनमा हुने तपाईंको गतिविधिलाई प्रभावित पार्छ । जीवनलाई तनावबाट टाढा राख्नका लागि दिनको सुरुवात यसरी गर्न सकिन्छ :

प्रकाशको सम्पर्क
बिहान सबेरै उठेर ढोका खुला गर्ने । त्यसले तपाईंको कोठा मात्र होइन, मन पनि उज्यालो बनाइदिन्छ । तपाईं बिहानको प्राकृतिक हावाको सम्पर्कमा पुग्नुभयो भने दिनभर आफूअनुकूल काम गर्न सक्नुहुन्छ । बिहानीपख प्राकृतिक हावाको सम्पर्कमा रहनु आवश्यक हुन्छ । यस्तो हावाले मेलाटोनिक र अड्रेनलिन उत्पादन गर्छ, जसले दिनभर फ्रेस बनाउन सहयोग पु¥याउँछ ।

शारीरिक व्यायाम
शारीरिक व्यायामले तपाईंको पूरै दिनलाई सुखद बनाउन भूमिका खेल्छ । प्रत्येक बिहान कम्तीमा ३० मिनेट शारीरिक व्यायाम गर्न जरुरी छ । यसले शरीरमा एन्डोर्फिन्स हर्मोन सक्रिय बनाउँछ, जसले दिनलाई सुखद बनाउनुका साथै अन्जानमा हुने गल्तीबाट पनि जोगाउँछ ।

आफ्नो लागि समय
बिहानको समय आफ्नो लागि पनि दिन जरुरी छ । व्यस्तताबाट १०–१५ मिनेटको समय छुट्याएर शान्तसँग आफूसँगै कुरा गर्नुपर्छ । यसले तपाईंको दिमागलाई शान्त राख्न र खुसी बनाउन सहयोग पु¥याउँछ । यसका साथै गीत सुन्ने, म्यागाजिन, पत्रिका पढ्नेलगायतका काम गर्न पनि सकिन्छ ।

अलार्मको प्रयोग
तपाईं बिहान जुन समयमा उठ्नुहुन्छ, त्यसभन्दा केही अगाडिको आलार्म लगाएर सुत्नुस् । त्यसो गर्दा तपाईंले सुत्नुपूर्व आफ्नो लागि केही सोच्न सक्नुहुन्छ । ढिलो उठ्ने, हतार गर्नुपर्नेजस्ता समस्याबाट पनि टाढा रहन सकिन्छ । सबैभन्दा महत्वपूर्ण त यस्तो गर्दा तपाईंले आफ्नै लागि समय पाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया