Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो– आफ्नो जन्मभूमिमा रोजगारीको अवसर पाउन नसक्दा परदेशमा जानुपर्ने त्यो पनि साहुसँग  ऋण काडेर त्यसैको सावा ब्याज तिर्दा आफ्नो जावानी नै पिडामा बितेको मार्मिक कथावस्तुलाई समेटेर ‘साहुको रिनैमा’ गीति एल्बम सार्वजनिक भएको छ ।
साहुको ऋण काडेर परदेशिदा विदेशमा श्रीमानलाई र घरमा परिवार सहित श्रीमतिका पिडा र व्याथालाई गीतमा समेटिएको छ ।

लोकसंगीतमा सक्रिय रहेका पूर्णकला विसी र नारायण गैरेको स्वरमा सजिएको उक्त गीतमा सर्जक तथा संचारकर्मी कृष्ण आचार्यले लय सृजना गर्नुभएको छ । प्रेम सापकोटा सोनुको निर्देशनमा तयार पारिएको सोही गीति एल्बमको भिडियोमा दिपक कडेंल र सोना केसीको अभिनय र जिएमटी इन्टर्नेशनल कम्पनी लिमिटेड जापानका विष्णु सुबेदी निशानको सम्पादन रहेको छ ।
हेर्नुहोस् भिडियो


तपाईको प्रतिक्रिया