Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

काठमाडौं – रेमिटेन्स कम्पनी आईएमईले स्थापनाको १७ औँ वार्षिकोत्सव मंगलबार मनाएको छ । ‘१७ औँ वार्षिकोत्सव नयाँ प्रविधिको’ मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गर्दै आईएमईले वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समारोहमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल उधोग वाणिज्य महासंघको उपाध्यक्ष एवम् रोजगारदाता परिषद्को सभापतिसमेत रहेका लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ अधिवेशनमा भाग लिन जेनेभा प्रस्थान गरेकाले भिडियोमार्फत उहाँको सन्देश प्रस्तुत गरिएको थियो ।

वार्षिकोत्सवमा १७ वर्षसम्म कम्पनीको सेवा लिने सेवाग्राहीहरूमध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कूल ३४ जना सेवाग्राहीलाई ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिएको थियो ।

विजेता घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक ढकालले आगामी दिनमा आईएमई सेवालाई थप परिष्कृत र प्रविधिमैत्री बनाँउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीको निरन्तर विश्वासले टिमलाई काम गर्ने थप उर्जा मिलेको बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपबिजेतालाई प्रबन्ध निर्देशक ढकालले पदक, ट्रफी एवम् शिल्ड गर्नुभएको थियो । कम्पनीमा कार्यरत् उत्कृष्ट कर्मचारीलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।

१७ औँ वर्षसम्ममा कम्पनीले १ सय ५५ आईएमई सेन्टरसहित ७५ जिल्लामा ६ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार गरेको छ ।

तपाईको प्रतिक्रिया