Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टर्किस एयरलाइन्सको एक उडानको क्याबिन क्रूले त्यसबेला एक नयाँ यात्रीलाई विमानमा स्वागत गरे, जब उनीहरु ४२ हजार फिटको उचाईमा उडिरहेका थिए । विमान गिनीको राजधानी कानकरीबाट वागाडुग हुँदै इस्तानबुलका लागि उडेको थियो ।

विमानका यात्रुहरुमा एक गर्भवती महिला पनि थिइन् । विमान उड्ने क्रममा नै महिललाई प्रसव पीडा सुरु भएको थियो र क्याबिन क्रू र केही यात्रु उनको मद्दतमा जुटे । महिलाले विमानमा नै बच्चालाई जन्म दिएकी छन् ।

बोइङ ७३७ विमान जब बुर्किना फासोको राजधानी वागाडुग पुग्यो, आमा र बच्चा दुबैलाई अस्पताल लगियो र, आमा र बच्चा दुबै स्वस्थ्य छन् ।

बच्चाको नाम काडिजू राखिएको छ ।टर्किस एयरलाइन्सले भनेको छ, ‘क्याबिन क्रूले देख्यो कि नाफी डीबी नाम गरेकी एक महिला यात्री, २८ हप्ता बढीकी गर्भवती छन् । उनलाई प्रसव पीडा सुरु भयो । यो देखेर उनलाई उनीहरु तत्काल सहयोग गरे ।’

अधिकांश एयरलाइन्सले ३६ हप्ताको गर्भ अघिसम्म गर्भवति महिलालाई यात्रा अनुमति दिन्छन् । यसका लागि २८ हप्ताभन्दा बढीका गर्भवती भएको डाक्टरको पत्र चाहिन्छ, जसमा बच्चाको जन्मको सम्भावित मिति हुन्छ ।

तपाईको प्रतिक्रिया