Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

चितवन – अण्डा व्यवसायीले भारतबाट अवैधरुपमा आएको सेतो अण्डा नियन्त्रण गर्ने प्रहरीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले अवैध रुपमा आएको अण्डा समाएको खण्डमा प्रतिपेटी रु ५०० का दरले पुरस्कार दिने निर्णय भएको जानकारी दिनुभयो ।  यसअघि अवैध आएका कुखुराका चल्ला समाउने प्रहरीलाई प्रतिचल्ला रु पाँचको दरले पुरस्कार दिने व्यवस्था थियो । अण्डामा भने हालसालै मात्रै पुरस्कार दिने निर्णय भएको केसीले जानकारी दिनुभयो ।

अण्डाको अवैध आयातलाई पूर्ण रोक्नका लागि व्यवसायीले यस्तो निर्णय गरेको र अण्डा र कुखुरा व्यवसायी मिलेर एक रुपताका साथ अघि बढ्न जरुरी रहेको केसी बताउनुहुन्छ ।
नेपाल अण्डा र कुखुरामा आत्मनिर्भर भएकाले आयात गर्नु नपर्ने व्यवसायी ज्ञानबहादुर विसुराल बताउनुहुन्छ । हाल नेपालमा प्रतिव्यक्ति ५५ वटा अण्डा खपत हुँदै आएको छ । देशमा दैनिक २२ लाख बढी अण्डा उत्पादन हुन्छ । नेपालको उत्पादनको ६८ प्रतिशत चितवनमा उत्पादन हुन्छ ।

अण्डा समाउने सुरक्षाकर्मीका लागि पनि पुरस्कार दिने निर्णय भएको र अहिले कार्यान्वयनको चरणमा रहेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो वर्ष कुखुराका चल्ला समातेबापत मात्रै रु छ लाख बढी पुरस्कार रकम दिइएको छ । उत्पादनको करिब ९० प्रतिशत अण्डा काठमाडौँ, पोखरालगायत पूर्वी नेपालमा जाने गरेको केसीले बताउनुभयो ।

नेपालमा एक हजार ५०० अण्डा व्यवसायीमध्ये करिब ७०० चितवनमा छन् । नेपालमा कुखुरा व्यवसायमा झन्डै ७५ अर्ब लगानी भएको छ ।

तपाईको प्रतिक्रिया