Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

क्रिकेट नगरीले परिचित सुदूरपश्चिमको धनगढीमा हुदै आएको धनगढी क्रिकेट लिग (डिसिएल) र एसपिए कप क्रिकेट प्रतियोगितालाई गाभेर नया स्वरुपमा सञ्चालन हुन लागेको धनगढी प्रिमियर लिगको तयारी तीव्र्र रुपमा भईरहेको छ । दुई प्रतियोगितालाई गाभेर यो वर्षदेखि चैत ५ गतेदेखि हुने धनगढी प्रिमियर लिग डिपिएलको तयारी अहिलेसम्म ७० प्रतिशत सम्पन्न भएको आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले जनाएको छ ।

देशकै ठूलो धनराशिको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको तयारी धमाधम भईरहेको हो । लिगको मुख्य सहायक र अन्य प्रायोजकहरुसँग सम्झौता सकिएपछि प्रतियोगितालाई सफल पार्ने कामहरुलाई अगाडी वढाईएको हो । ६ टोलीको सहभागिता रहने लिगको लागि टीमहरुले मात्रै नभएर आयोजकले तयारीलाई जोडतोडका साथ अगाडी वढाएको हो । धनगढी प्रिमियर लिगलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कामहरुको चटारो वढेको प्रतियोगिताका संयोजक सुवाश शाहीले वताउनुभयो ।

प्रतियोगिताका लागि आवश्यक पर्ने तयारीलाई कार्य विभाजन गरेर अगाडी वढाईएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले संयुक्त आयोजना गर्ने डिपिएल चैत ५ बाट अञ्चल प्रहरी मैदानमा हुने भएका कारण मैदामा टप पिच वनाउने कामले पनि तिव्रता पाएको छ । मैदान वाहेक ७० प्रतिशत तयारी गरिसकिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा सुदुरपश्चिाञ्चल एकेडेमीका निर्देशक शाहीले जानकारी दिनुभयो ।

खेल आयोजना हुने सेती अञ्चल प्रहरी कार्यालयमा अहिले टप विकेट निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको काम भईरहेको छ । नेपालका क्युरेटर अजय पाण्डेय पिचका लागि प्रतियोगिता सम्पन्न गर्न सम्मका लागि धनगढी आएर काम गराई रहनु भएको छ । यसपाली पिचमा दुवो उमारेर अन्तराष्टिय स्तरको पिच वनाईने क्युरेटर पाण्डेयले वताउनुभयो । धनगढी प्रिमियर लिग लिग चरण राउन्ड रोबिनका आधारमा हुनेछ ।

शीर्ष ४ टोलीले प्लेअफ खेल्नेछन । त्यसमध्ये पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच हुने विजेता सिधै फाइनल पुग्नेछ । हारेको टोलीले तेस्रो र चौथो स्थानको विजेतासँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता विजेताले १५ लाख तथा उप विजेताले ७ लाख नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार जित्नेछन् भने म्यान अफ दी सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया