Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाद्वारा निर्मित म्याग्दी घर उद्घाटन तथा समितीको पदपुर्ती तथा विदाइ कार्यक्रम सम्पन्न भएको छ ।

कोरियाको प्रमुख मध्यको दोस्रो पर्व सल्नाल (नयाँ बर्षको) को अवसर पारी आयोजना गरिएको कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा कोरिया आइ विविध कारणले कम्पनि छोडेका तथा कुनै समस्यामा परेका व्यक्तिहरुलाई राख्न सक्ने गरि निर्माण गरिएको ‘म्याग्दी घर’ को उद्घाटन पनि गरिएको हो । मोना दक्षिण कोरियाको अध्यक्ष लोक बहादुर बानियाँको सभापतित्व तथा एनआरएन बरिष्ठ उपाध्यक्ष ओमनारायण जुग्जाली को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समितीमा रिक्त रहेका पदहरुमा मनोनयन समेत गरिएको छ ।

रिक्त सचिव पदमा सुनेश केसी, सदस्यहरुमा गोविन्द बानियाँ, सुमन पौडेल, मोनीका थापा, बिनिता क्षत्री र मदन बानियाँ नियुक्त हुनुभएको छ । सोहि कार्यक्रम बिच पाँच बर्षे कोरिया बसाइ सम्पन्न गरि नेपाल फर्कदैँ गर्नुभएका मोना कोरियाका खेलकुद संयोजक गंगाराज बानियाँलाइ विदाइ समेत गरिएको थियो । कार्यक्रममा संस्थाको आर्थिक आयव्यय विवरण समेत प्रस्तुत गरिएको मोना दक्षिण कोरियाका अध्यक्ष लोक बहादुर बानियाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया