Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

चितवन – सरकारको रातो कितावमा समेत समावेश भएको सुविधायुक्त ‘सौराहा सभाहल’ निर्माणका लागि स्थानियले आज शहरी विकास मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सोमबार राजधानी स्थित शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीको निवासमै पुगेर यहाँका व्यवसायी, नागरिक प्रतिनिधि तथा दलिय प्रतिनिधिहरुको एक टोलीले मन्त्रीको ध्यानाकर्षण गराएका हुन् । क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष सुमन घिमिरेको नेतृत्वमा आज काठमाडौ पुगेको टोलीले सभाहल निर्माणलाई तदारुकताका साथ अघि बढाउन मन्त्रीलाई आग्रह समेत गरेका छन् । 

सरकारी रातो कितावमा उल्लेख भएको उक्त समाहल करिव ५ हजार मानिस अट्ने क्षमताको रहेको संघले जनाएको छ । उक्त सभाहल सौराहामै निर्माण गर्ने भनी स्पष्ट उल्लेख हुँदा हुँदै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले अन्यत्रै बजेट लगेर निर्माण शुरु गरेको सुन्नमा आएकाले मन्त्रीको ध्यानाकर्षण गराएको संघका महासचिव राममणि खनालले जानकारी दिनुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री केसीले सौराहामा सभाहल निर्माणका लागि कुनै दुई मत नरहेको भन्दै आफुले आवश्यक अध्ययन गरी समस्या समाधानको प्रयास गर्ने प्रतिक्रिया दिनुभएको छ ।

तपाईको प्रतिक्रिया