Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – चर्चिच र्‍यापर यमबुद्ध (अनिल अधिकारी) को शव शनिबार नेपाल ल्याइँदै छ । पारिवारिक स्रोतका अनुसार शनिबार दिउँसो ३ बजे इतिहाद एरवेजबाट उनको शव त्रिभुवन विमानस्थलमा ल्याइन लागेको हो ।

उनको शवलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने र बेलुकी ५ बजे पशुपती आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । उनी गत माघ १ गते (जनवरी १४) रोयल मेलको काम सकेर घर आएपछि खाना खाएर सुतेका थिए ।

बाथरुममा छिरेको लामो समयसम्म पनि ढोका नखुलेपछि बिहान ६ बजे घरकै अरु सदस्यले ढोका फोडेर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । सन् १९८७ मे ३० मा धनकुटा जिल्ला नेगुवामा जन्मिएका यमबुद्ध युवापुस्ताका निकै लोकप्रिय र्‍याप गायक हुन् ।

यमबुद्धको ‘मेरो जुत्तामा’, ‘फुटपाथ मेरो घर’, ‘साथी’, ‘आउँदैछु म’, ‘यो प्रसंग’, ‘दिदी’, ‘अन्त्यको सुरुवात’, ‘नाचन’ लगायतका चर्चित गीतहरु हुन् ।

तपाईको प्रतिक्रिया